Yeti Khabar

२०८१ फाल्गुन २९, बिहीबार - Thu Mar, 2025 -

भारतमा बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच जनालाई मृत्युदण्डको फैसला

भारतको एक अदालतले किशोरीको सामूहिक बलात्कार र हत्या गरेको अभियोगमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

उनीहरुले सन् २०२१ को जनवरीमा किशोरी र उनको परिवारलाई सार्वजनिक यातायातको पर्खाइमा रहेका बेला मोटरसाइकलमा लिफ्ट दिई एकान्तमा लगेर सामूहिक बलात्कार गरेका र परिवारका अन्य सदस्यले प्रतिरोध गर्न खोजेपछि सबैको हत्या गरेका थिए ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार  बलात्कार रोक्न खोज्दा किशोरीका बुबा र उनको तीन वर्षीया भतिजीको हत्या भएको थियो ।

बलात्कार र तीन जनाको हत्यामा संलग्न पाँच जनालाई दोषी ठहर गर्दै अदालतले मृत्युदण्डको सजाय सुनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । छैटौं व्यक्तिलाई भने ‘अपराधमा संलग्न भएको अभियोगमा दोषी ठहर गरियो तर बलात्कारमा संलग्नता प्रमाणित नभएकाले हत्या अभियोगमा आजीवन जेल सजाय सुनाइएको छ । भारतमा मृत्युदण्डको व्यवस्था भए पनि व्यवहारमा विरलै दिइने सजाय हो ।  एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com