Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

करबाट बच्न क्यानडालाई अमेरिकाको राज्य बन्न राष्ट्रपति ट्रम्पको फेरि प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई करबाट बच्न अमेरिकाको एक राज्य बन्न सक्ने प्रस्ताव दोहोर्‍याउनुभएको छ ।क्यानाडासँग अमेरिकाको ठूलो व्यापार घाटा रहेकोले यसलाई निरन्तरता दिन नसक्ने भएकाले ट्रम्पले अमेरिकाको ५१औं राज्य बन्न सक्ने प्रस्ताव गर्नुभएको हो । उहाँले क्यानडा अमेरिकको राज्य बन्न सहमत भएमा व्यापार घाटा नहुने र कर पनि नबढाउने बताउँदै आउनुभएको बीबीसीले जनाएको छ ।

दुई खर्ब वा साढे दुई खर्ब डलरको व्यापार घाटा हुनु राम्रो नभएको र अमेरिकालाई तेल, ग्यासलगायतका कुनै पनि सहयोग आवश्यक नपर्ने उहाँको भनाइ छ  । ट्रम्पले पहिले नै क्यानडा अमेरिकाको ५१औं राज्य बनेमा कर ६० प्रतिशतभन्दा बढीले घटाउन सकिने बताउनुभएको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com