Yeti Khabar

२०८१ माघ २४, बिहीबार - Thu Feb, 2025 -

काभ्रेको महाभारत जंगलको डढेलो निभाउन हेलिकोप्टर परिचालन

माघ, ११ काठमाडौं । सरकारले काभ्रेको महाभारत जंगलमा लागेको डढेलो निभाउका लागि हेलिकोप्टर परिचालन गरेको छ । गएको मंगलवार दिउँसोदेखि शुरू भएको आगो निभाउन गरेका प्रयासहरू असफल भएपछि आजदेखि हेलिकोप्टरबाट पानी खन्याउने काम भइरहेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बताउन भयो । बेथानचोकको वडा नम्बर २ मा पर्ने गुवाभञ्ज्याङमा रहेको पार्कमा बनाइएको पाखेरीबाट पानी लगेर हेलिकोप्टरले आगलागी भएको ठाउँमा खन्याएको छ ।

डढेलो लागिरहेको जंगल खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्छ । वन्यजन्तु र जडीबुटीका लागि प्रख्यात मानिने महाभारत जंगलको १ सय हेक्टरभन्दा धेरै भू–भागमा डढेलो लागिसकेको छ । अहिले डढेलोलाई मानव बस्तीमा जान नदिन प्रयास भइरहेको र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्ने काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com