Yeti Khabar

२०८१ माघ २४, बिहीबार - Thu Feb, 2025 -

नागरिकका पीर मर्का बुझ्न देश दौडाहामा छु : पुष्पकमल दाहाल

माघ, १२ काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नागरिकका पीरमर्का बुझ्न देश दौडाहामा गइरहेको बताउनुभएको छ । आफू नागरिकमाझ जाँदा माओवादीप्रति उनीहरुको धारणा सकारात्मक रहेको प्रचण्डको दाबी छ ।

प्रेस सेन्टर दाङले आज घोराहीमा गरेको पत्रकार भेटमा उहाँले यो सरकार आउँदो चुनावसम्म सत्तामा रहेमा नेकपा माओवादी केन्द्रलाई नै फाइदा हुने बताउनुभयो । ‘नागरिकले हामीप्रति धेरै आशा गर्नुभएको छ, त्यसैले सरकार गिराउनेतिर हामी लागेका छैनौँ’, प्रचण्डले बताउनुभयो । सत्तारुढ राजनीतिक दलहरुमा समस्या रहेको र माओवादी केन्द्रभित्र पनि केही त्रुटि रहेका स्वीकार गर्दै तिनलाई सच्च्याएर अगाडि बढ्ने उहाँले जोड दिनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com