कांग्रेस पदाधिकारी र मन्त्रीहरूको बैठक सुरु

माघ, १२ काठमाडौं । नेपाली कांग्रेसका पार्टी पदाधिकारी र सरकारमा सामेल मन्त्रीहरूबीचको छलफल सुरु भएको छ। आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल सुरु भएको प्रमुख सचेतक श्याम घिमिरेले बताए ।
पार्टीबाट सरकारमा सामेल मन्त्रीहरूले गरिरहेका कामहरू थप प्रभावकारी र १८ गतेका लागि आह्वान गरिएको संघीय संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन आवश्यक छलफल भइरहेको प्रमुख सचेतक घिमिरेले बताए ।
पार्टी सभापति शेरबहादुर देउवासमेत उपस्थित रहेको बैठकमा पार्टीका वर्तमान पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय दलका पदाधिकारी र सरकारमा सामेल मन्त्रीहरू सहभागी रहेको उनले जानकारि दिए । यसै गरी भोलीका लागि आह्वान गरिएको संसदीय दलको बैठकको तयारीका लागि पनि यो छलफल गरिन लागेको प्रमुख सचेतक घिमिरेले बताए ।