बालिका यौन दुर्व्यवहारको आरोपमा मदन दोषी ठहर

माघ, १३ काठमाडौं । जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा शुभद्रा–मदन फाउन्डेसनका सञ्चालक मदन राईलाई दोषी ठहर गरेको छ । आफैँले स्थापना गरेको फाउन्डेसनमा पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो ।
न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा राईलाई दोषी ठहर गरेको छ । उनलाई सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा आरोपित दोषी ठहर भएमा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ ।