राप्रपाको केन्द्रीय समिति बैठक जारी
माघ, १३ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक जारी छ। शुक्रबारदेखि काठमाडौँको धुम्बाराहीस्थित एक बैंन्क्वेटमा जारी बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक र साङ्गठनिक परिस्थिति, जिल्ला अधिवेशन गर्ने लगायतका विषयमा छलफल भइरहेको छ।
अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको भावी राजनीतिक दिशासहित साङ्गठनिक अवस्था र जिल्ला अधिवेशनका बारेमा केन्द्रीय सदस्यले धारणा राखिरहेका छन् । बैठकमा ७१ जनाले धारणा राखिसकेका छन्।
आज बाँकी केन्द्रीय सदस्यले धारणा राख्नेछन्। त्यसपछि अध्यक्ष लिङ्देनको जवाफ र पार्टीको आगामी कार्यादेशबारे निर्णय गर्दै बैठक आइतबार समापन गर्ने तयारी रहेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारि दिए ।