ठमेलको एक होटलमा मृत भेटिइन् एक युवती

माघ, १३ काठमाडौं । काठमाडौंको ठमेलस्थित एक गेस्ट हाउसमा एक युवती मृत फेला परेकी छन् ।
आज बिहान ठमेलको ड्रेन्किङ इन गेस्ट हाउसको २०२ नम्बर कोठामा रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङको शव भेटिएको प्रहरीले बताएको छ ।
उनको मृत्यु कसरी भयो भन्नेबारे खुलेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।