Yeti Khabar

२०८२ बैशाख ६, शनिबार - Sat Apr, 2025 -

रवि लामिछानेले एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा

माघ, १४ काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुट्नुभएको छ । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालतले रवि लामिछानेसँग एक करोड रुपैयाँ धरौटी मागेको थियो । लामिछाने हिजै १ करोड रूपैयाँ बैङ्क ग्यारेन्टी बुझाएर छुट्नुभएको छ ।

यसअघि जिल्ला अदालत कास्की र काठमाण्डौले जस्तै रुपन्देहीले पनि तत्काल प्राप्त प्रमाणबाट रवि लामिछाने ‘कसुर नगरेको मनासिव आधार नदेखिएको’ भन्ने आधार देखाइ धरौटी मागेको हो ।

‘मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम एक करोड रुपैयाँ धरौटी लिई तारिखमा राख्नू’ जिल्ला अदालतको आदेशमा उल्लेख छ । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध कसुरमा प्रतिवादी बनाएर माघ ६ गते रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com