पाकिस्तानमा सैनिक कारबाहीमा ३० लडाकु मारिए
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा तीन छुट्टाछुट्टै कारबाहीमा ३० जना मारिएका छन्। पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर(सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले प्रान्तको जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेसन गरेको एक विज्ञप्तिमा जनाएको छ ।
लक्की मारवाटमा अपरेशनको क्रममा १८ आतंककारी मारिएका र ६ जना घाइते भएको आईएसपीआरको विज्ञप्तिमा बताइएको छ। काराक जिल्लामा अन्य आठ आतंककारी मारिएको आईएसपीआरले जनाएको छ।
आईएसपीआरका अनुसार कारबाहीमा ठूलो मात्रामा हतियार र गोलाबारुद पनि बरामद गरिएको छ। इलाकामा अन्य आतंककारीको उपस्थितिलाई हटाउन ‘क्लियरेन्स अपरेसन’ भइरहेको छ। सेना पाकिस्तानबाट आतंकवादको खतरालाई मेटाउन कटिबद्ध रहेको बताएको छ । एजेन्सी