जुम्लाको सिञ्जा गाउँपालिकामा आगलागी हुँदा एकजनाको मृत्यु

माघ, १४ काठमाडौं । जुम्लाको सिञ्जा गाउँपालिकास्थि वनमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ । सिञ्जा गाउँपालिका-१ जाँच निवासी ८१ वर्षीय भद्दे रावलको आगलागीबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक क्षेदिलाल कामतीले बताए ।
रूपाकोट सामुदायिक वनमा आगलागी हुँदा निभाउने क्रममा रावलको मृत्यु भएको प्रहरीले बताएको छ ।