आज पनि तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो हटेन
माघ, १५ काठमाण्डौ । तराईका धेरै ठाउँमा आज पनि हुस्सु र कुहिरो लागेको छ । बाक्लो हुस्सुका कारण केही दिनदेखि घाम नलाग्दा मधेसमा जनजीवन प्रभावित बनेको छ ।आज कोशी प्रदेशको पहाडी भागमा मौसम आंशिक बदली छ । बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना छ । काठमाण्डौमा हिजोको भन्दा आज तापक्रम केही बढेको छ । काठमाण्डौमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।