Yeti Khabar

२०८१ फाल्गुन १०, शनिबार - Sat Feb, 2025 -

अमेरिकी कोषको रकम चलाउन रोक्ने राष्ट्रपति ट्रम्पको आदेश न्यायाधीशले रोके

सङ्घीय अनुदान, ऋण र अन्य वित्तीय सहायतालाई रोक्न ह्वाइट हाउसले दिएको आदेशलाई न्यायाधीशहरूले अस्थायी रूपमा रोकेका छन् । अमेरिकी कोषको रकम  चलाउन नमिल्ने  भएपछि कुन कुन क्षेत्र र कार्यक्रममा असर गर्छ भन्ने अन्योल बढ्दै गएको भन्दै  न्यायाधीशहरूले आदेश कार्यान्वयन नगर्न भनेका हुन् ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकी सरकारको कोषमा भएको रकम रोक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना कर सङ्कलन र सहायता वितरणलाई व्यवस्थित बनाउने प्रयास रहेको बताउँदै आउनुभएको थियो ।

ट्रम्प प्रशासनले आदेश दिएको सङ्घीय कोष फ्रिज शुरू हुन लागेको केही समय अघि मात्र अमेरिकी न्यायाधीशहरूले हस्तक्षेप गरेका बीबीसीले जनाएको छ ।

वाशिङ्गटन डीसीमा अमेरिकी जिल्ला न्यायाधीश लोरेन अलीखानले कम्तीमा आउने फेब्रुअरी ३ सम्म कोषबाट सञ्चालित  कार्यक्रमहरू रोक्न नहुने बताउनुभएको खबरमा उल्लेख छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com