टेम्पो पल्टिँदा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु
वैशाख,१६काठमाडौ । चितवनको खैरहनी नगरपालिका–८ मगनी गाउँमा गएराती टेम्पो पल्टिँदा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्बर ९ बस्ने अन्दाजी ३५ बर्षीय लक्ष्मण बछाइ रहेका छन् ।
भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनको राती ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय खैरहनी चितवनले जनाएको छ । टुंगराबाट पर्सा तर्फ आउदै गरेको बाग्मती प्रदेश ०३–०१ ह १६ २१ नम्बरको टेम्पो गएराती १० बजे अनियन्त्रित भई पल्टिएको थियो ।