Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

बेलायतका राजकुमार र राजकुमारी नेपाल भ्रमणम आउँदै

माघ, २२ काठमाडौं । बेलायतका राजकुमार र राजकुमारी भ्रमणमा नेपाल आउँदै छन् । राजकुमार एडवार्ड र राजकुमारी सोफिया करिब १ साताको निजी भ्रमणका लागि आउन लागेको काठमाडौंस्थित बेलायती दूतावासले बताएको छ ।

राजकुमार एडवार्ड अहिले भारत भ्रमणमा छन्। उनी दिल्लीबाट एक्लै नेपाल अवतरण गर्नेछन्। यस्तै राजकुमारी सोफिया लन्डनबाट काठमाडौं आउँदैछिन्।राजकुमार एडवार्डले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन्। राजकुमारी सोफिया काठमाडौं आएपछि श्रीमान् एडवार्डसँग अन्य कार्यक्रममा सहभागी हुनेछिन्।

काठमाडौंका विद्यालय र अस्पतालमा आयोजित कार्यक्रममा सहभागी भई उनी पोखरा भ्रमणमा जानेछन्। पोखरामा उनीहरूले ब्रिटिस गोर्खा सैनिकका परिवारसँग पनि भेटघाट गर्नेछन्। उनीहरु आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको दूतावासले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com