ह्वात्तै बढ्यो सुनको मूल्य
माघ, २२ काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ४ दिनसम्म स्थिर रहेको सुनको मूल्य आज भने तोलामा १ हजार ९०० रुपैयाँ बढेको छ ।
महासंघका अनुसार मूल्य बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबारदेखि हिजो सम्म सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँ थियो ।
महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा १ हजार ९३० रुपैयाँ पुगेको महासंघले बताएको छ ।