Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

चितवन जिल्ला अदालतमा उपस्थित भए रवि

माघ, २३ काठमाडौं । सहारा सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने चितवन पुगेका छन्। हिजो चितवन जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएपछि रवि बयानका लागि चितवन पुगेका छन्।

रास्वपा चितवन जिल्ला संयोजक कृष्णप्रसाद भुसालका अनुसार रवि चितवन आएर चौबिसकोठीस्थित होटल ग्लोबलमा बसेका छन्। त्यहाँ उनी कार्यकर्ता भेटघाटमा व्यस्त छन्।

जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले पनि रवि अदालतमा उपस्थित हुनेबारे औपचारिक पत्र प्राप्त नभइसकेको जानकारि दिनुभयो। चितवनको साहारा सहकारी ठगी प्रकरणमा रविविरुद्ध हिजो चितवन जिल्ला अदालतमा ठगी मुद्दा दायर भएको थियो। रविको बयान आज सकिएपछि थुनछेक बहस सुरु हुने छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com