रवि लामिछानेको थुनछेक बहस सुरु

२४ माघ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा हिजो देखि नै थुनछेक बहस सुरु भएको थियो । तर, नसकिएपछि रविलाई न्यायीक हिरासतमा पठाइएको थियो ।
आज दोस्रो दिनको थुनछेक बहस सुरु भएको जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माले बताए । रविविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा मंगलबार जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको थियो । त्यसैले उनी हिजो नै बयान दिन अदालत पुगेका थिए । बयान सकिएपछि थुनछेक बहस सुरु भएको थियो ।