Yeti Khabar

२०८१ फाल्गुन ११, आईतवार - Sun Feb, 2025 -

प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्दै

माघ, २५ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् । उनले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयको एक्सन रुमबाट  सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने भएका हुन् ।

तत्कालीन समयमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रिय गौरवका आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सकिने गरी बनाइएको सोही एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्न लागेका हुन् ।

प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुम अघिल्लो कार्यकालमा ओली आफैंले स्थापना गरेका हुन् । उनले १५ जेठ २०७६ देखि अत्याधुनिक सुविधासहितको एक्सन रुम तयार गरेर सञ्चालनमा ल्याएका थिए । ६ असोज, २०७६ मा एक्सन रुममा करिब एक घण्टा बसेर उनले विभिन्न आयोजनाहरुको प्रगति र अवस्था जानकारी लिएका थिए ।

तर, त्यसपछि उक्त एक्सन रुमको उपयोग गर्ने कार्ययोजना नबनाई बिदा भएका थिए । त्यसपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवा एक्सन रुम प्रयोगमै ल्याएनन् । करिब ४ वर्षभन्दा बढी समयसम्म एक्सन रुम प्रयोगमा नआउँदा त्यहाँ जोडिएका अधिकांश उपकरण बिग्रिएका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com