Yeti Khabar

२०८१ फाल्गुन २९, बिहीबार - Thu Mar, 2025 -

बस दुर्घटना हुँदा एक जनाको, मृत्यु २३ जना घाइते

माघ, २८ काठमाडौं । धादिङमा यात्रुवाहक बस दुर्घटना भएको छ। हिजो राति भएको दुर्घटनामा १ जनाको मृत्यु भएको र २३ जना घाइते रहेको प्रहरीले बताएको छ । प्रहरीकाअनुसार आज राति भक्तपुरबाट चितवनको देवघाट जाँदै गरेको बा ३ ख ८९२३ नम्बरको बस धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ स्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो। बस आफै अनियन्त्रित भई सडकछेउमा पल्टिएको प्रहरीले बताएको छ ।

दुर्घटनामा दोलखा भीरकोटकी ५० वर्षीया पार्वती काफ्लेको निधन भएको प्रहरीले बताएको छ। दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल पुर्‍याइएकामा उनको हिजो राति नै उनको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये ५ जनाको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। ९ जनाको प्रहरी अस्पताल र ८ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। दोलखा घर भएका बस चालक जीतबहादुर मगरको भने साइबाबा अस्पताल धार्केमा उपचार भइरहेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com