एक हजार ४०० रुपैयाँले बढ्यो सुनको मुल्य

माघ, २८ काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा वृद्धि देखिएको छ। हिजो एक लाख ६८ हजार २०० रुपैयाँ प्रतितोला कारोबार भएको सुन आज एक हजार ४०० रुपैयाँले बढेको हो। स्थानीय बजारमा आज छापावाला सुन एक लाख ६९ हजार ६०० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी पनि १५ रुपैयाँ बढेर एक हजार ९७५ मा कारोबार भइरहेको छ। हिजो चाँदी तोलामा एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो।