Yeti Khabar

२०८१ चैत्र १, शुक्रबार - Fri Mar, 2025 -

अमेरिका प्रवेश गर्ने सबै स्टील र आल्मुनियममा २५ प्रतिशत आयात कर लगाउने तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने सबै स्टील र आल्मुनियममा २५ प्रतिशत आयात करको घोषणा गर्ने तयारी गर्नुभएको छ ।

ट्रम्पको यो कदमले क्यानडामा सबैभन्दा ठूलो प्रभाव पार्ने बीबीसीले जनाएको छ । तर ट्रम्पले घोषणा गर्न लागेको आयात कर कुन राष्ट्रलाई लक्षित गर्न खोजिएको हो भन्ने खुलाइएको छैन । क्यानडा र मेक्सिको अमेरिकाका दुई ठूला स्टील व्यापारिक साझेदार हुन् । क्यानडा अमेरिकामा आल्मुनियम धातुको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा स्टील आयातमा २५ प्रतिशत र क्यानडा, मेक्सिको र युरोपेली सङ्घबाट आल्मुनियम आयातमा १० प्रतिशत शुल्क लगाउनु भएको थियो । तर अमेरिकाले एक वर्षपछि क्यानडा र मेक्सिकोसँग ती करहरू अन्त्य गर्न सम्झौता गरेको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com