Yeti Khabar

२०८१ फाल्गुन २८, बुधबार - Wed Mar, 2025 -

कङ्गोमा तत्काल युद्धविराम गर्न अफ्रिकी नेताहरूको आह्वान

अफ्रिकी नेताहरूले पूर्वी लोकतान्त्रिक गणतन्त्र कङ्गोमा तत्काल युद्धविरामको लागि आह्वान गरेका छन् । चलिरहेको द्वन्द्वको स्थायी समाधान खोज्न आफ्नो पूर्ण समर्थन गरेको भन्दै क्षेत्रीय नेताहरूले कङ्गोमा तत्काल युद्धविराम र आपूर्ति लाइनहरूको पुनस्र्थापनाका लागि आह्वान गरेका हुन् ।

नेताहरूले मानवीय आपूर्ति लाइनहरू पुनस्र्थापित गर्न यातायात मार्गहरू पुनः खोल्न आग्रह गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

नेताहरूले पछिल्लो परिस्थितिको अत्यावश्यकतालाई स्वीकार गर्दै तत्काल र विना शर्त युद्धविराम लागू गर्न प्राविधिक उपायहरू अवलम्बन गर्न आउने बिहिवारभित्रसम्मको समय दिएका खबरमा उल्लेख छ ।

क्षेत्रीय नेताहरूले राजनीतिक र कूटनीतिक संलग्नताको वार्ता द्वन्द्वको सबैभन्दा दिगो समाधान भएकाले राज्य र गैर–राज्य पक्षहरूसँग प्रत्यक्ष वार्ता पुनः शुरु हुनुपर्नेमा आफ्नो समर्थन रहेको बताएका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com