राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन

माघ, २९ काठमाण्डौ । राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ । निमोनियाले पीडित दाहालको सोमबार उपचारकाक्रममा चाबहिलको दीर्घायु अस्पतालमा निधन भएको हो ।
पञ्चायतकाल अर्थात् २०३८ वैशाख २० गते भएको चुनावमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित हुनुभएको थियो । दाहालले ६५ हजार सात सय ७७ मत ल्याउनुभएको थियो ।श्रेष्ठलाई हराएपछि उहाँ चर्चामा आउनुभएको थियो । दाहाल २०२९ सालमा जोरपाटी गाउँ पञ्चायतको उपप्रधानपञ्च बन्नुभएको थियो । अविवाहित दाहाल बहिनीको घरमा बस्ने गर्नुभएको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वध्यक्ष रमेश अर्यालले बताउनुभयो ।