Yeti Khabar

२०८१ चैत्र ४, सोमबार - Mon Mar, 2025 -

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनी विद्रोही समूह हमासले गाजा क्षेत्रका बन्धकलाई रिहा नगरे युद्धविराम रद्ध गर्नुपर्ने प्रतिक्रिया दिनुभएको छ । हमासले बन्धकहरुको रिहाइ स्थगित गर्ने चेतावनी दिएसँगै ट्रम्पले बन्दी रिहा नभए युद्धविराम अन्त्य गर्ने बताउनुभएको हो ।

उहाँले युद्धविराम सम्झौताअनुसार हमासले बन्दी रिहा नगरे फेरि युद्ध शुरू गरेर हमासलाई सिध्याउने प्रस्ताव राख्न बाध्य हुने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।

इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै हमासले बन्धक रिहा नगर्ने बताएको छ । हमासले बन्धकको रिहाइ बन्द गर्ने भनेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा समस्या आएको खबरमा उल्लेख छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com