Yeti Khabar

२०८१ चैत्र १, शुक्रबार - Fri Mar, 2025 -

अष्ट्रेलियाका अनुसन्धानकर्ताहरुले बाल क्यान्सरको नयाँ उपचार विकास गरे

अष्ट्रेलियाका अनुसन्धानकर्ताहरुले बाल क्यान्सरको नयाँ उपचार विकास गरेका छन् । अनुसन्धानकर्ताहरुले इन्जिनियर्ड इम्युन सेलको प्रयोग गरी घातक बाल क्यान्सरको उपचारमा नयाँ सफलता प्राप्त गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

हिजो प्रकाशित एक अनुसन्धानमा, क्वीन्सल्याण्ड विश्वविद्यालयको एक टोलीको नेतृत्वमा अनुसन्धानकर्ताहरूले बालबालिकाको हड्डी र मासंपेशीमा हुने क्यान्सर, सार्कोमाको उपचारमा सफलता पाएका हुन् । सार्कोमा बच्चाहरूमा आक्रामक रूपमा बढेर शरीरभर फैलिन्छ जसले उपचारलाई गाह्रो बनाउँदै आएको छ ।

नयाँ अध्ययन अनुसार, सार्कोमाले सबै बाल क्यान्सरको ५ देखि १० प्रतिशत हिस्सा ओगटेको छ । तर, मस्तिष्क क्यान्सर, छालाको क्यान्सर, ल्युकेमिया अर्थात् रक्त क्यान्सर र आँखाको नानीमा देखिने लिम्फोमा क्यान्सर भन्दा धेरै मृत्युको कारण सार्कोमा नै रहेको छ । पछिल्लो ४० वर्षदेखि सार्कोमाबाट हुने मृत्युदरमा कुनै सुधार आएको छैन ।

नयाँ उपचारले इन्जिनियरिङ प्रतिरक्षा कोषहरू प्रयोग गरेर सार्कोमाका ट्यूमरहरूलाई नष्ट गर्न सहयोग पुर्‍याउनेछ । अनुसन्धानको नेतृत्व गरेका डाक्टर फर्नान्डो गुइमारेसले यो सफलताले धेरै बिरामीहरूको जीवन बचाउने सम्भावना रहेको बताउनुभएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com