२७ सय रुपैयाँले घट्यो सुनको मूल्य

फागुन, ४ काठमाडौं । आज साताको पहिलो दिन सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला २ हजार ७०० रुपैयाँले घटेको हो । गत शुक्रबार प्रतितोला सुन १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ६७ हजार ५०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।