Yeti Khabar

२०८१ चैत्र १, शुक्रबार - Fri Mar, 2025 -

संसदबाट बाहिरिइन् सुमना श्रेष्ठ

फागुन, ५ काठमाडौं । बोल्न माग गर्दा सभामुख देवराज घिमिरेले समय नदिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठ प्रतिनिधि सभा बैठकबाट बाहिरिएकी छिन्।

प्रतिनिधि सभा बैठक अहिले शून्य समय चलिरहेको छ। सांसद श्रेष्ठले आकस्मिक समयमा बोल्न सभामुख घिमिरेसँग माग गरेकी थिइन्। सभामुखले सांसद श्रेष्ठले नाम नटिपाएको भन्दै समय उपलब्ध गराएनन्।

त्यसपछि उनी सांसद बैठक छाडेर बाहिरिएकी थिइन्। रास्वपाकी सचेतक निशा डाँगीले संसदमा सांसदहरू आफ्ना धारणा राख्न आउने र त्यसैका लागि समय नपाएपछि बैठकमा रहनु, नरहनुको अर्थ नहुने बताइन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com