Yeti Khabar

२०८१ फाल्गुन ११, आईतवार - Sun Feb, 2025 -

राप्रपाकी सांसद रोशन कार्कीले भ्रष्टचारीलाई दिइन् बधाई

फागुन, ५ काठमाडौं । राप्रपाकी सांसद रोशन कार्कीले भ्रष्टचारीहरुलाई बधाई दिएकी छिन् । आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भ्रष्टाचारका फाइल कहिले खुल्छ भन्ने प्रश्न पनि गरिन् । ‘बधाई छ भ्रष्टचारीहरुलाई,’ उनले भनिन् ।

हालै ट्रन्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनअनुसार धेरै भ्रष्टाचार हुने देशहरुमा नेपाल १८० देशमध्ये १०७ औं स्थानमा रहेको सन्दर्भमा उनले यस्तो बधाई दिएर सरकार पक्षलाई कटाक्ष गरेकी छिन्।

‘प्रधानमन्त्री रोष्ट्रमा उभिएर भन्नुहुन्छ म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भनेर । नेपाल कसरी १०७ औंं स्थानमा पुग्यो । फाइलहरुको ताँती लागिसक्यो धुलो कहिले टकटक्याउने ? फाइल कहिले खोल्ने ? भ्रष्टाचार युक्त मुलुक भएर हामी बसिरहन सक्छौं सरकार अब ढिला भयो,’ उनले भनिन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com