Yeti Khabar

२०८१ फाल्गुन २९, बिहीबार - Thu Mar, 2025 -

अमेरिका र रुसले वार्तामा नबोलाएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आपत्ति

युक्रेनसँगको युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच हुने वार्तामा आफूलाई नबोलाइएको भन्दै युक्रेनले आपत्ति जनाएको छ ।युक्रेनका लागि अमेरिकी विशेष राजदूत किथ केलॉगले आज साउदी अरेबियामा हुने वार्तामा युक्रेनले भाग लिने बताउनुभएको थियो । तर यो वार्तामा युक्रोनको कुनै पनि प्रतिनिधिमण्डल उपस्थित नहुने बीबीसीले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन सामेल नभएको युद्ध अन्त्य गर्ने कुनै पनि सम्झौता स्वीकार्य नहुने बताउनुभएको खबरमा उल्लेख छ ।

यसअघि ह्वाइट हाउसका मध्यपूर्व प्रतिनिधि स्टिभ विटकफले हिजो साउदी अरेबियाको भ्रमण गर्ने पुष्टि गर्नुभएको थियो । उहाँको भ्रमणको उद्देश्य युक्रेनमा चलिरहेको युद्ध अन्त्य गर्न अमेरिका र रुसबीचको पहिलो वार्ता हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्ध अन्त्य गर्ने बारेमा फोनमा कुरा गर्नुभएको थियो । यसपछि उहाँले छलफल अगाडि बढाउन दुवै जना चाँडै भेट्ने बताएपछि युक्रेन र युद्धका बारेमा छलफल तीव्र भएको हो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com