राष्ट्रिय सभाको बैठक बस्दै

फागुन, ६ काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने भएको हो। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको वार्षिक प्रतिवेदन, ०७९/८०’ पेश गर्ने संघीय संसद् सचिवालयद्वारा जारी सम्भावित कार्यसूचीमा उल्लेख छ।
साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, ०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा रहेको छ।