लगनखेलमा एक पुरूष मृत फेला

फागुन, ६ काठमाडौं । ललितपुरको लगनखेलमा एक पुरूष मृत फेला परेका छन्। ललितपुर महानगरपालिका(१९ लगनखेलस्थित एक होटेलमा काम गर्ने मकवानपुर चित्लाङ घर भएका ६० वर्षीय राम मानन्धर मृत फेला परेका छन्।
हिजो साँझ होटेलको पाँचौं तलाको कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरी रेग्मीले बताए । उनका अनुसार मानन्धरको शव पोस्टमर्टमका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।