Yeti Khabar

२०८१ फाल्गुन १४, बुधबार - Wed Feb, 2025 -

प्रकृति लम्सालको रहस्यमय मृत्युबारे सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

फागुन, ६ काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युबारे प्रतिनिधिसभामा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले नेपाली विद्यार्थीमाथि भएको यस्तो घटनामा संसद् र सरकार गम्भीरतापूर्वक रुपमा लिनुपर्ने बताएका छन् ।
बैठकको आकस्मिक समयमा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोध, रास्वपा सांसद मनिष झा, एमाले सांसद ठाकुर गैरे, राप्रपा सांसद ध्रुबबहादुर प्रधान लगायतले यसबारे ध्यानाकर्षण गराए ।

त्यस्तै, शून्य समयमा बोल्दै राप्रपा सांसद बिना लामा, कांग्रेस सांसद शान्ति विक, रास्वपा सांसद शिशिर खनाल, एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर लगायतले विषय उठाएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com