दाङमा बस दुर्घटना हुँदा १५ जना घाइते

फागुन, ७ काठमाडौं । दाङमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाण्डौका लागि छुटेको कर्णाली प्रदेश ०००१ ख ०७०१ नम्बरको रात्रीबस दाङको बबई गाउँपालिका–२ ट्वाङखोलामा गएराति ९ बजेतिर दुर्घटना भएको इलाका प्रहरी कार्यालय खिलतपुरले बताएको छ ।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बसमा ६० जना भन्दा धेरै यात्रु रहेका प्रहरीको अनुमान छ । बस अनियन्त्रित भएर पल्टिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।