फाल्गुन्द गाउँपालिका- ३ का वडाध्यक्ष सुखवीर नेम्वाङको निधन

फागुन, ७ काठमाडौं । पाँचथरको फाल्गुन्द गाउँपालिका- ३ का वडाध्यक्ष सुखवीर नेम्वाङको निधन भएको छ। आज बिहान फाल्गुनन्द ३ पौवासार्तापस्थित घरमा उनको निधन भएको गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले बताए ।
५६ वर्षीय नेम्वाङ घाँटीको क्यान्सरबाट पीडित थिए। उनलाई लामो समयको उपचारपछि भक्तपुर क्यान्सर अस्पतालले दुई साताअघि घर फर्काएको थियो। नेपाली कांग्रेस फाल्गुनन्द गाउँपालिका सभापति रहेका भएका नेम्वाङ २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा फाल्गुनन्द ३ को वडाध्यक्षमा निर्वाचित भएका थिए।