Yeti Khabar

२०८१ फाल्गुन १०, शनिबार - Sat Feb, 2025 -

हमासले नियन्त्रणमा राखेका चार जना बन्धकको शव इजरायललाई हस्तान्तरण गर्ने

प्यालेस्टिनी विद्रोही समूह हमासले आफ्नो नियन्त्रणमा रहेका चार जना बन्धकहरूको शव भोलि बिहिवार हस्तान्तरण गर्ने भएको छ । हमासका नेता खलील अल–हयाले चार जनामध्ये एकै परिवारका दुई बालबालिकासहित आमाको शव हस्तान्तरण हुन लागेको बताउनुभएको बीबीसीको खबरमा उल्लेख छ ।

बालबालिकाका बुबा यार्डनलाई हमासले यस महिनाको शुरूमा रिहा गरेको थियो । सन् २०२३ अक्टोबर ७ मा हमासको अपहरणमा परेका उहाँका बच्चाहरु ९ महिना र चार वर्षका थिए । हमासले इजरायली आक्रमणमा उनीहरुको ज्यान गएको बताउँदै आएको भए पनि इजरायलले यसको पुष्टि गरेको छैन ।

यसैबीच हमासले आउँदो  शनिवार थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ । यसको बदलामा इजरायलले गएको अक्टोबरदेखि अपहरणमा परेका सबै महिला र १९ वर्षमुनिका बालबालिकालाई मुक्त गर्ने जनाएको छ । यस्तै इजिप्टको सिमाना हुँदै गाजामा भग्नावशेष हटाउने उपकरणहरू पठाउन पनि इजरायले अनुमति दिँदैछ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com