बढ्यो सुनको मूल्य

फागुन, ७ काठमाडौं । आज बजारमा सुनको मूल्य बढेर फेरि एक लाख ७० हजार नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँ पुगेको छ। हिजो सुन एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदी पनि एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ। हिजो चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो। यसअघि यहीँ २९ माघ हिजो का दिन सुन तोलाको एक लाख ७० हजार २०० पुगेको थियो।