मध्यरातमा भैरहवा ल्याएर गरियो प्रकृति लम्सालको दाहसंस्कार

फागुन, ८ काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इण्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि गरिएको छ। भैरहवाको स्वर्गद्वारी घाटमा मध्यरातमै उनको दाहसंस्कार गरिएको छ। अन्त्येष्टिमा परिवार, आफन्त, स्थानीयबासी तथा सहपाठी सहभागी थिए।
प्रकृतिको शव भारतको ओडिसा राज्यको भुवनेश्वर बाट गोरखपुर हुँदै आज भैरहवा ल्याइएको थियो। तर, उनका अभिभावक ढिलो आइपुगेकाले शवलाई केही घण्टा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा राखिएको थियो। लम्सालका बुवा सुनिल आएपछि अस्पतालबाट घर ल्याएर केहि समय राखिएको थियो ।
करिब ११ बजे प्रकृतिको शव सिद्धार्थनगर-८ स्थित निवासमा पुर्याइएको थियो। त्यहाँ अन्तिम श्रद्धाञ्जली गरी दिउँसो १२ बजेपछि शवयात्रा निकालिएको थियो। राति भैरहवा परिक्रमा गराएर शवलाई स्वर्गद्वारी घाट पुर् याइएको थियो। उनका हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका थिए।