तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

फागुन, ९ काठमाडौं । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले घटेर आज प्रतितोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन २ हजार ९२८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।