Yeti Khabar

२०८१ फाल्गुन १०, शनिबार - Sat Feb, 2025 -

इजरायलको तेल अभिभमा तीन वटा बसमा बम विस्फोट

इजरायलका प्रमुख शहरहरूमध्ये एक तेल अभिभको दक्षिणमा रहेको ब्याट याम शहरमा तीन वटा बसमा बम विस्फोट भएको छ । बीबीसीका अनुसार यी विस्फोटमा अहिलेसम्म कुनै हताहतीको विवरण आएको छैन ।

इजरायली प्रहरीका अनुसार यो संदिग्ध आतङ्कवादी आक्रमण हो । इजरायली प्रहरीले अन्य दुई बसमा विस्फोट गराउने उद्देश्यले राखिएको यन्त्रलाई पनि निष्क्रिय पारेको खबरमा उल्लेख छ ।

इजरायलका यातायातमन्त्री मिरी रागेभले अनुसन्धान गर्न सजिलो होस् भनेर देशका सबै बस र रेलको आवतजावतमा प्रतिबन्ध लगाउनुभएको छ । यस्तै इजरायली रक्षा बललाई वेस्ट बैंकमा रहेका शरणार्थी शिविरहरूमा सक्रियता बढाउन आदेश दिइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले घटनालाई लिएर चिन्ता व्यक्त गर्दै  घटनास्थलमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको जानकारी दिनुभएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com