Yeti Khabar

२०८१ मंसिर ९, आईतवार - Sun Nov, 2024 -

सगरमाथा आरोहण गर्न ३१६ जनाले लिए अनुमति

यस वर्षको वसन्त यामको सगरमाथा हिमाल आरोहणका लागि ३९ आरोही समूहका ३१६ जनाले आरोहण अनुमति लिएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सगरमाथासहित २५ हिमाल तथा चुली आरोहणका लागि १११ आरोही समूहका १९५ महिला र ७०४ पुरुषसहित कूल ८९९ आरोहीले अनुमति पाएका छन्।

विभागको पर्वतारोहण शाखाबाट जारी भएको मार्च अन्तिमसम्मको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ३८ आरोही समूहका ३०२ आरोहीले अनुमति लिएका छन् अमादब्लम( ६,८१४ मिटर )आरोहणका लागि नौ समूहका ९७ जनाले अनुमति पाएका छन्। कञ्चनजङ्घा( ८,५८६ मिटर) आरोहणका लागि सात समूहले अनुमति लिएको छ।

अन्नपूर्ण( ८,०९१ मिटर )चार र नुप्से आरोहणका लागि सात समूहले अनुमति पाएको छ। मकालु( ८,४६३ मिटर) मा चार, धौलागिरि( ८,१६७ मिटर )का लागि दुई र ल्होत्से( ८,५१६ मिटर )का लागि एक आरोही समूहले अनुमति लिएका छन्।

त्यसैगरी नुप्से आरोहणका लागि सात, हिमलुङ्ग चुली र थापा पिकका लागि चार÷चार समूहले आरोहण अनुमति लिएर गन्तव्यतर्फ प्रस्थान गरेका छन्। ती हिमाल तथा पिक आरोहणबाट हालसम्म रु ४६ करोड ७५ लाख रोयल्टी जम्मा भएको विभागले जनाएको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com