बाबुराम भट्टराईले थपे ९ केन्द्रीय सदस्य

फागुन, १२ काठमाडौ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मा ९ जना केन्द्रीय सदस्य थपिएका छन्। हिजो अध्यक्ष बाबुराम भट्टराईले ९ जनालाई केन्द्रीय सदस्य समितिमा मनोनीत गरेका छन्।
केन्द्रीय सदस्यको १० प्रतिशत मानोनित गर्ने विधानको व्यवस्था बमोजिम अध्यक्ष डा. भट्टराईले ९ जना केन्द्रीय सदस्य मनोनित गरेका हुन्। ११ पदाधिकारी र ९० सदस्य प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट निर्वाचित भइसकेका छन्।
मनोनीत हुने केन्द्रीय सदस्यहरूमा सिर्जना रिजाल, सरस्वती पाण्डे, कृष्ण शर्मा, राजु नेपाली, धनबहादुर गुरुङ, एकबहादुर राना, जेकेन्द्र श्रेष्ठ, जीएस गुरुङ र चिनक कुर्मी रहेका छन्।