आजदेखि माओवादीले तराई मधेश केन्द्रित जागरण अभियान शुरू गर्दै

फागुन, १२ काठमाण्डौ । नेकपा माओवादी केन्द्रले आजदेखि तराईरमधेश जागरण अभियान शुरू गर्दै छ । झापाको कचनकवल गाउँपालिकाको बनियानीमा आज अभियान उद्घाटन हुने र आउँदो चैत ७ गते कञ्चनपुर पुगेर समापन हुने नेकपा माओवादी केन्द्रले बताएको छ ।
अभियानका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता–कार्यकर्ताहरू झापा पुगिसकेका छन् । यो अभियान हुलाकी मार्ग केन्द्रित हुने माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारि दिनुभयो ।
अभियानको अवधिभर शहीद, बेपत्ता, घाइते अपाङ्ग परिवारसहितका पार्टीका कार्यकर्ता र नागरिकसँग भेटघाट, अन्तरक्रिया एवम् जनसभा गर्ने उहाँको भनाइ छ । नागरिक–माओवादी केन्द्रबीच सम्बन्ध सुधार गर्ने र सरकारका गलत कामको विरुद्ध सँगै अघि बढ्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको माओवादीले बताएको छ ।