काठमाडौंबाट रामेछाप जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते

फागुन, १३ काठमाडौं । काठमाडौंबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ । धुलिखेल नगरपालिका- १० सारादा बतासेस्थित बिपी राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।
बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस आज बिहान ०८ : २० बजेको समयमा अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेमा बस चालक र सह-चालकसहित १७ जना रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट काभ्रेभञ्ज्याङका सहायक हवलदार रुद्र लामिछानेले बताए । बसमा २४ जना सवार थिए । घाइतेहरूलाई उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ।