सन्तोषी महतको मृत्यु प्रकरणमा विवेक जोशी पक्राउ

फागुन, १३ काठमाडौं । सशस्त्र प्रहरी बलकी निरीक्षक सन्तोषी महतको मृत्यु प्रकरणमा अर्का निरीक्षक (इन्स्पेक्टर) विवेक जोशी पक्राउ परेका छन्। जोशीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले जानकारि दिनुभयो ।
ब्यारेकमै झुण्डिएको अवस्थामा मृत भेटिएकी सन्तोषीको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए। जोशी २३ नम्बर गण तनहुँमा कार्यरत छन्। उनी १६ बेसिकका इन्स्पेक्टर छन्।
इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी महत पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा मृत भेटिएकी थिइन् । सिन्धुपाल्चोक घर भएकी उनी १७ बेसिक (२०८१) की इन्स्पेक्टर हुन्। जोशी र महत प्रेमसम्बन्धमा रहेको परिवारको दाबी छ। जोशीका कारण महतले आत्महत्या गरेको जाहेरीमा दाबी गरिएको छ।