Yeti Khabar

२०८१ फाल्गुन १३, मंगलवार - Tue Feb, 2025 -

अर्को चरणको युद्धविराम वार्ताका लागि हमासले इजरायलसामु शर्त राख्यो

गाजा युद्धविराम सम्झौतामा हमासले इजरायलसामु शर्त राखेको छ । हमासले इजरायलसँग गाजा युद्धविराम सम्झौताको अर्काे चरणमा वार्ता गर्न जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नुपर्ने शर्त राखेको हो ।

प्यालेस्टिनी कैदीहरूलाई रिहा नगर्ने इजरायली अडानका कारणले सम्पूर्ण सम्झौता गम्भीर खतरामा परेको हमासका एक वरिष्ठ अधिकारीले बताएका बीबीसीले उल्लेख गरेको छ । उनले मध्यस्थकर्ताहरूलाई विशेषगरी अमेरिकालाई इजरायलमाथि दबाव दिन आह्वान गरेका छन् ।

सम्झौताको पहिलो चरण र ६ हप्ताको अस्थायी युद्धविराम आउँदाे शनिवार समाप्त हुँदैछ । तर दोस्रो चरण र युद्ध अन्त्य गर्ने विषयमा अझै वार्ता शुरू भएको छैन । इजरायले हमासले इजरायली बन्दी रिहा गर्दा सम्झौता अनुसार ६ सय जनाभन्दा धेरै प्यालेस्टिनी कैदी रिहा गरेको छैन । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com