ट्याङ्कर दुर्घटना हुँदा, धादिङमा दुई जनाको मृत्यु

फागुन, १४ काठमाण्डौ । धादिङको गुप्तेश्वरमा ट्याङ्कर दुर्घटना हुँदा दुई जनाको मृत्युभएको छ । २ जना घाइते भएका छन् । बा ०१–००४ क ३३५२ नम्बरको पानी बोकेको ट्याङ्कर भीरबाट खस्दा गजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र त्यही ठाउँका २० वर्षीय जयराम चेपाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ ।
दुर्घटनामा गजुरी गाउँपालिका–६ कै १९ वर्षीय सिरिश चेपाङ र त्यही ठाउँका १७ वर्षीय सुरेश चेपाङ घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ ।