Yeti Khabar

२०८१ फाल्गुन १४, बुधबार - Wed Feb, 2025 -

रोकिएको विदेशी सहायता दुई दिनभित्र शुरू गर्न अमेरिकी प्रशासनलाई अदालतको आदेश

अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनलाई रोकिएको विदेशी सहायता शुरू गर्न दुई दिनको समयसीमा दिएको छ । अदालतले ट्रम्प प्रशासनलाई अनुदान, ऋण र अन्य वित्तीय सहायता रोक्दै सङ्घीय कोषमा व्यापक कटौती गर्न लगाउने आदेशको कार्यान्वयन गर्न रोक लगाउने आफ्नो आदेशमा विस्तार गरेको हो ।

सुनुवाइका क्रममा अमेरिकी जिल्ला न्यायाधीश अमिर एच. अलीले दुई हप्ता अगाडि नै आदेश दिइएको भए पनि प्रशासनले त्यसलाई पालना नगरेको आरोप लगाउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले गएको जनवरी २० तारिखमा शपथ लिएपछि कार्यकारी आदेश जारी गर्दै इजरायल, इजिप्ट र खाद्य सहायता कार्यक्रमबाहेक सबै विदेशी सहायता रोकेको घोषणा गर्नुभएको थियो ।

यसले गरिब देशहरूलाई दिइने गरेको स्वास्थ्य सहायतासमेत रोकिएको थियो । साथै अमेरिकी वित्तीय स्रोतका कार्यक्रमअन्तर्गत शिक्षा, पूर्वाधार निर्माणलगायतका कैयौं परियोजना पनि प्रभावित भएका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com