पाँचथरमा विद्यार्थी बोक्ने गाडी दुर्घटना हुँदा, एक जनाको मृत्यु

फागुन, १५ काठमाडौं । पाँचथरमा विद्यार्थी बोक्ने गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्। हिलिहाङ गाउँपालिका–१ अमरपुरको माङसेवा बोर्डिङ स्कुलका विद्यार्थीलाई घर पुर्याएर अमरपुर बजार फर्किँदै गरेको मे १ ज ३०७३ नम्बरको बलेरो हिजो साँझ अमरपुर नजिक दुर्घटनामा परेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका हिलिहाङ–१ का ३५ वर्षीय हेमराज योगीको निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले बताएको छ । गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि पाँचथर अस्पताल पुर्याइएको थियो। अस्पताल पुग्नासाथ चिकित्सकले योगीलाई मृत घोषणा गरेका थिए।
योगीको शव पोष्टमार्टमका लागि पाँचथर अस्पतालको शव गृहमा राखिएको छ । दुर्घटनामा हिलिहाङ–१ का २६ वर्षीय बिनोद तामाङ र २० वर्षीय मनिष लिङ्देन घाइते भएका छन्।