Yeti Khabar

२०८१ फाल्गुन १५, बिहीबार - Thu Feb, 2025 -

हमासले चार बन्धकको शव इजरायललाई पठायो

प्यालेस्टिनी विद्रोही समूह हमासले चार इजरायली बन्धकको शव रेडक्रसमार्फत इजरायललाई बुझाएको छ । रेडक्रसले इजिप्टका मध्यस्थकर्ताहरूमार्फत इजरायली रक्षा बल आईडीएफलाई शव बुझाएको हो ।

बन्धकहरूको अवशेष रहेको भनिएको चारवटा बाकसहरु प्राप्त गरेको ईजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले पुष्टि गरेको सीएनएनले जनाएको छ । अहिले शवहरू पहिचान गर्ने प्रक्रिया शुरू भएको खबरमा उल्लेख छ ।

हमासले जिम्मा लगाएका चार शवको पहिचान पुष्टि भइनसकेकाले बन्धकका परिवारहरूसँग निरन्तर सम्पर्कमा रहेको र शव पूर्ण पहिचान गरेर आधिकारिक सूचना दिने तयारी छ ।

यसैबीच इजरायलले सयौं प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्न शुरू गरिसकेको छ । इजरायलले वेस्ट बैंकको जेलबाट ६ सयभन्दा धेरै प्यालेस्टाइनी कैदीलाई रिहा गर्न थालेसँगै हमासले शव हस्तान्तरण गरेको हो ।

यसलाई युद्धविराम सम्झौताअन्तर्गत  पहिलो चरणको अन्तिम आदान–प्रदान भनिएको छ । युद्धविराम सम्झौताको पहिलो चरण पर्सि शनिवार सकिँदैछ ।

यसअघि इजरायलले बन्धक हस्तान्तरण अपमानजनक भन्दै विरोध गरेर कैदी रिहाइमा ढिलाइ गरिरहेको थियो । हिजो फेरि हमाससँग  विना कुनै समारोह शव हस्तान्तरण गर्ने सहमति भएसँगै कैदी बन्दी रिहाइको बाटो खुलेको इजरायली अधिकारीले बताएका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com